एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र भएको छ। यदि यी दुईको सम्बन्धविच्छेद भयो भने लोरीले ८० अर्ब डलर अर्थात् पाउन सक्नेछिन्, जुन इतिहासकै सबैभन्दा महँगो सम्बन्धविच्छेद सम्झौता हुनेछ। यसका साथै लोरी विश्वकै चौथो धनी महिला पनि बन्नेछिन्। जेन्सेन र लोरीले सन् १९८५ मा विवाह गरेका थिए र उनीहरूका दुई सन्तान छन्।
जेन्सेनले ८ नोभेम्बरमा एक चिनियाँ महिलासँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेका थिए। यद्यपि, लोरीले सम्बन्धविच्छेदलाई लिएर हालसम्म कुनै अभिव्यक्ति दिएकी छैनन्। जेन्सेन र लोरी अमेरिकी राज्य क्यालिफोर्नियामा बस्छन्। यहाँको कानुनअनुसार, विवाहपछि आर्जन गरिएको सम्पत्तिमा पत्नीको ५० प्रतिशत हिस्सेदारी हुन्छ। सन् १९९३ मा सुरु भएको एनभिडियाको बजार मूल्य करिब ६५२.५० लाख करोड नेपाली रुपैयाँ छ, जबकि जेन्सेनको व्यक्तिगत सम्पत्ति २३.४६ लाख करोड नेपाली रुपैयाँ छ।
यस्तो अवस्थामा लोरीले करिब ११.६० लाख करोड नेपाली रुपैयाँ पाउन सक्नेछिन्। यो सन् २०२१ मा बिल गेट्स र मेलिन्डाबीच भएको ७६ अर्ब डलरको सम्बन्धविच्छेद सम्झौताभन्दा पनि धेरै हुनेछ। जेन्सेन हुआङले आइतबार एनभिडियाका सबै कर्मचारीहरूलाई एक आन्तरिक सन्देश पठाएका थिए। यसमा उनले आफ्नी पत्नीप्रति इमानदार नरहेको कुरा स्वीकार गरेका छन्।
More society
- After 47 years of marriage, Missouri woman fights over late husband's $505,000 IRA; court creates medical trustTimes of India
- वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटोफिचर)DC Nepal
- घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउNagarik News
- Over 25,500 drunk driving cases booked in Keralam since October 13; police to seek licence cancellation for repeat offendersThe Hindu
- नेपालगन्जका तीन कृषि विद्यार्थीले गरे फूलखेती, १० कट्ठामा जग्गामा ११ क्वीन्टल उत्पादनBizmandu
- Drug Abuse Fears No Ground To Curb 5-Star Hotel Bar Hours: Kerala High CourtNDTV