नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा गम्भीर गडबडी, नियम कुल्चिएर बाहिरी व्यक्तिलाई सेयर
Read the full story at Bizmandu
काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले निष्कासन गरेको हकप्रद सेयर वितरणमा गडबडी गरेको भेटिएको छ। आवश्यक प्रक्रियाविनै सेयरधनीबाहेकलाई हकप्रद सेयर वितरण गरेको भेटिएको हो। बैंकले विद्यमान सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्दा पालना गर्नुपर्ने नियम उल्लंघन गरी सिधै सेयर वितरण गरेको भेटिएको राष्ट्र बैंक स्रोतले बताएको छ।
‘नारायणी डेभपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने प्रक्रियामा ठूलो त्रुटि भेटिएको छ। विद्यमान सेयरधनीले हकप्रद भर्न नचाहेको खण्डमा हक हस्तान्तरण दिनुपर्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘बैंकले हक हस्तान्तरण नगराई सिधै अरुलाई नै सेयर वितरण गरेको भेटिएको हो।’ संस्थाको ‘फिट एण्ड प्रपर टेस्ट’ गर्दा बैंकले रिअनाउन्स नगरी सिधै सेयर दिएको भेटिएको ती अधिकारीको भनाइ छ। सेयरधनीले आफूले हकप्रद सेयर नभर्ने अवस्थामा ‘रिअनाउन्स’ गरिसकेपछि बिक्री गर्नुपर्छ। विद्यमान सेयरधनीले आफूलाई प्राप्त हकप्रद सेयर खरिद गर्ने अधिकार आफैं प्रयोग नगरे अन्य लगानीकर्तालाई हस्तान्तरण गर्नुपर्छ।
हक हस्तान्तरण गरेको स्पष्ट रूपमा खुलाउनुपर्छ। तर, विद्यमान सेयरधनीले यस्तो प्रक्रिया नै पूरा नगरेको अवस्थामा सिधै बाहिरी व्यक्तिलाई हकप्रद सेयर दिएको पाइएको छ। नियमविपरीत प्रक्रिया मिचेर अन्य लगानीकर्ताबाट जम्मा गराइएको रकम बैंकको पुँजीमा समावेश हुँदैन।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- डेमोक्र्याट्सको जितपछि कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झर्यो, शेयर बजारमा उछालDC Nepal
- नेपालको संस्कृति र अध्यात्मलाई ‘वेलनेस पर्यटन’को ब्रान्ड बनाउनुपर्नेमा जोडDC Nepal
- बजेट कार्यान्वयन: पहिलो त्रैमासमै राष्ट्रिय सिँचाइ आयोजनाहरूको प्रगति उत्साहजनकDC Nepal