म्याग्दीमा विपद् प्रभावित अन्नपूर्णका आठै वडाका सडक सञ्चालनमा, पाउद्वार-नेपाने मर्मत जारी
Read the full story at Bizmandu
म्याग्दी। मनसुनजन्य विपद् प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्। गत असोज ८-११ को झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध ८ वटै वडा र बस्ती जोड्ने सडक डेढ महिनापछि सञ्चालनमा आएका हुन्।
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिइन। ‘अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैअघिनै सञ्चालनमा आएका थिए,’ उनले भनिन्, ‘भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत सकिएपछि सबै बस्ति सडक सञ्जालसँग पुनः जोडिएका छन्।’ सडक यातायात पुनःसञ्चालन भएपछि विपद्बाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनःनिर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ। प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुदै पाउद्धार जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
पाउद्धारदेखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले जानकारी दिइन। अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
More business
- १२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइNepal Khabar
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- Texas appeals court denies bank recovery on $29m Ponzi-linked loan guaranteeTimes of India
- More than half of budget spending goes to public services, social protectionOnlinekhabar English