Skip to main content
राजनीतिRatopati

४० वर्षयताकै खराब सुरुवातको मूल्य चुकाउँदै माइकल क्यारिक पदमुक्त, पोचेटिनो मुख्य दाबेदार

Read the full story at Ratopati

४० वर्षयताकै खराब सुरुवातको मूल्य चुकाउँदै माइकल क्यारिक पदमुक्त, पोचेटिनो मुख्य दाबेदार

४० वर्षयताकै सबैभन्दा खराब सिजनको सुरुवात गर्दै टोली लिगको रेलिगेसन क्षेत्रमा पुगेपछि क्लबले बिहीबार विज्ञप्ति जारी गरी उनलाई पदमुक्त गरेको पुष्टि गरेको हो। ओल्ड ट्राफोर्ड क्लबले ‘सकेसम्म चाँडो स्थायी उत्तराधिकारी नियुक्त गर्ने’ जनाएको छ। क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्यानचेस्टर युनाइटेडले पुरुष सिनियर टोलीको मुख्य प्रशिक्षकको भूमिकाबाट माइकल क्यारिक अलग भएको पुष्टि गर्दछ।

सिजनको निराशाजनक सुरुवातपछि हाम्रा महत्त्वाकाङ्क्षाहरू पूरा गर्न परिवर्तन आवश्यक छ भन्ने अत्यन्तै कठिन निष्कर्षमा क्लब पुगेको हो। ’ विज्ञप्तिमा क्यारिकलाई क्लबको एक महान हस्तीका रूपमा सम्मान दिइएको छ। एक खेलाडीका रूपमा जस्तै क्लबमा फर्किएपछि पनि उनले उच्च समर्पण र व्यावसायिकताका साथ काम गरेको तथा गत सिजनको उनको नेतृत्व र उपलब्धिलाई सधैँ सम्झिरहने क्लबले उल्लेख गरेको छ।

४५ वर्षीय क्यारिकको प्रशिक्षणमा युनाइटेडले खेलेको अन्तिम खेल ओल्ड ट्राफोर्डमा एस्टन भिल्लाविरुद्धको नाटकीय बराबरीमा टुङ्गिएको थियो। उक्त खेलमा आक्रोशित घरेलु समर्थकहरूले क्लबको स्वामित्वविरुद्ध आफ्नो रोष प्रकट गरेका थिए। १०औँ स्थानमा रहेको भिल्लाविरुद्ध युनाइटेडले इन्जुरी समयमा बराबरी गोल फर्काउँदै एक अङ्क जोडे पनि टोलीलाई रेलिगेसन क्षेत्रबाट माथि उकास्न त्यो पर्याप्त भएन।