Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

Read the full story at Onlinekhabar (Nepali)

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा बनेका थिए । अझै पनि ब्रिटिश लाहुरे बन्नु थुप्रै नेपाली युवाको सपना नै हो । काठमाडौं, पोखरा, धरान तिरका ट्रेनिङ सेन्टरतिर आँखा लगाए यो रुमानी सपनाको लोभ कति छ, प्रष्ट हुुन्छ । सोनम गुरुङ, र्‍यापर योद्धा बन्नुअघि यही सपना पछ्याएर बेलायत पुगे । पोखराको बेगनास ताल क्षेत्रमा जन्मे, हुर्केका उनी १७ वर्षमै परदेशिएका थिए । र, सैनिक जीवनमा १६ वर्ष बिताइदिए ।

यो कुल वर्ष अहिलेको उनको उमेरको ठीक आधा हो । उनी यतिखेर ३२ मा हिँडिरहेका छन् । यसैले जागिरमै हुँदा उनले गीतहरू निकालेका थिए । सोनमबाट योद्धा बनेका थिए । राम्रै फ्यान फलोइङ कमाइसकेका थिए । आजको दिनमा भने उनी बन्दुकलाई पूर्णत: छाडेर र्‍याप हान्न निस्केका छन् । अर्थात् अब भूतपूर्व लाहुरे भएका छन् । अब नेपालमै जम्न चाहन्छन् ।

उनको यो यात्रा सोचे जस्तो सजिलो पक्कै हुने छैन । बेलायतको लामो बसाइपछि यहाँ आएर अभ्यस्त हुन उनलाई समय लाग्नेछ । संगीतको कुरा गर्ने हो भने उनी र्‍याप सिनमा राम्रै जमेका कलाकार हुन् । युवापुस्तामाँझ उनका गीत लोकप्रिय छन् । आफ्नै व्यथा, कथा, प्रेरणा, जितहार, संघर्ष उनका गीतका साझा तत्वहरू हुन् । भनौं न, उनका गीतहरू कानमा एयरफोन नै लगाएर सुन्नु पर्ने खालका पनि छैनन् ।