Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

Read the full story at Onlinekhabar (Nepali)

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। २२ कात्तिक, डकार, सेनेगल (रासस/एएफपी) । अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सेनेगलको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जनालाई जीवित अवस्थामा उद्धार गरिएको र अन्य २१ जनाको मृत शरीर पानीबाट निकालिएको जनाएको छ ।

शनिबार अबेरसम्म मृतकको सङ्ख्याबारे फरक फरक भनाइ सार्वजनिक भएका छन् भने पानीमा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको र पीडिअतका परिवारलाई सहयोग भइरहेको बताइएको छ । सञ्चार माध्यमका अनुसार डुङ्गा शनिबार डकार र उत्तरी शहर सेन्ट लुइसको बीचमा रहेको केबेमर र लुम्पोल क्षेत्रमा डुङ्गा दुर्घटना भएको थियो । सोलेल पत्रिकाका अनुसार अधिकांश पीडितहरू लियोना र थिप्पेका रहेका थिए । सेनेगलका अधिकारीहरूले शनिबार उनीहरूले महिला र बच्चाहरू सहित १४२ आप्रवासीहरूलाई पक्राउ गरेका जनाएका छन् ।

उनीहरूस्पेन जाने लक्ष्यमा सानो डुङ्गामा यात्रा गरिरहेका थिए । हालैका वर्षहरूमा स्पेनको क्यानरी टापुहरूमा खतरनाक एटलान्टिक मार्गबाट युरोप पुग्ने प्रयासमा गर्दा भएका दुर्घटनामा पश्चिम अफ्रिकाका हजारौँ मानिसहरूले ज्यान गुमाएका छन् ।