अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका क्षेत्रमा पनि सक्रिय छन् भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । तनहुँमा जन्मेका राधेश पण्डितले यस क्षेत्रमा गरेको काम उदाहरणीय छ । उनी हाल अमेरिकाका एक दर्जनभन्दा बढी राज्यमा होटल, घर, अपार्टमेन्ट र व्यावसायिक भवन निर्माण तथा सञ्चालनमा संलग्न छन् ।
होटल क्षेत्रमा पण्डितको प्रवेश सन् २०१६ मा भयो । उनले टेक्सासको मोनाहान्स सहरमा ५७ कोठाको माइक्रोटेल होटल आफैँ निर्माण गरी सञ्चालनमा ल्याए । सन् २०१८ मा यो होटलले करिब ३५० माइक्रोटेल होटलमध्ये उत्कृष्ट माइक्रोटेलको अवार्ड पायो । त्यसपछि उनले नेपाली व्यवसायीहरूलाई समेत साथमा लिएर थप होटलहरू खोल्दै गए । केही होटल पुराना भवन किनेर पुनर्निर्माण गरिएका छन् भने केही जग खनेरै नयाँ बनाइएका छन् ।
सन् २०२० मा मोनाहान्समै ८९ कोठाको हथर्न सुइट्स बाइ विन्डहम होटल र त्यसैसँग १२ एकाइको अपार्टमेन्ट निर्माण गरियो । यी दुवै अहिले उनकै समूहको स्वामित्वमा सञ्चालनमा छन् । यस होटलले सन् २०२१ देखि लगातार उत्कृष्ट हथर्न होटलको अवार्ड पाउँदै आएको छ । ‘यो हाम्रो समूहका लागि गर्वको विषय हो’ पण्डित भन्छन् ।
More politics
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar