६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश
Read the full story at Onlinekhabar (Nepali)

२५ हजार रुपैयाँबाट ब्रिज कोर्स पढाउने व्यवसाय थालेका प्रकाशले ६ करोड बढी लगानीको व्यवसाय आगलागीले ध्वस्त भएपछि पनि हरेश नखाइ सोही ठाउँमा नयाँ व्यवसाय सुरु गरिसकेका छन् । आगामी नयाँ वर्षसम्म नेपाली लुगा घर र नेपाली जुत्ता घरलाई ब्युँताउने तयारीमा छन् । २५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल ।
उनले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ लाई मूर्तरूप दिन शिक्षा क्षेत्रमा आबद्ध ३४ जना जुटाएर ३० करोड रुपैयाँ लगानीमा मार्ट सञ्चालनमा ल्याउन सफल भएका थिए । त्यही मार्टको बीच तलामा प्रकाशले बैंक ऋणसहित ६ करोड रुपैयाँ एकल लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालन गरेका थिए । मार्टको भुइँ तलामा उनीसमेतको संयुक्त लगानीमा ‘नेपाली जुत्ता घर’ पनि सञ्चालनमा थियो । तीन वटै व्यवसायले राम्रो प्रगति गरिरहेका थिए । तर, समय सधैं एकनास हुँदैन ।
६ असार २०८१ साँझ प्रकाशका लागि अकल्पनीय घटना आइलाग्यो । डेल्टा मार्टमा भीषण आगलागी भयो । आधुनिक प्रविधिको दमकल अभावमा उक्त आगलागी अर्को दिन बिहानमात्र नियन्त्रणमा आयो । आगलागीले मार्टको तीन वटै तलामा रहेका सबै व्यवसाय पूर्णरूपमा जलेर खरानी हुँदा ४० करोड बराबर क्षति भयो ।
More business
- Arizona appeals court rejects malpractice claim over lawyer's missed deadline in $200,000 divorce loan disputeTimes of India
- पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलनOnlinekhabar (Nepali)
- Things will be known at appropriate time: Sunetra Pawar on NCP merger talksThe Hindu
- India, Canada discuss advancing negotiations for proposed trade pactThe Hindu
- Stock Market Highlights, Sensex Today: Sensex Closes 770 Points Higher As Oil Eases, Asian Markets RallyNDTV
- Telangana seeks World Bank assistance for urban mission programme in PURE and RARE regionsThe Hindu