पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
Read the full story at Onlinekhabar (Nepali)

उक्त अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए । यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उहाँले जानकारी दिए ।
त्यस्तै ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार रुपैयाँ उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए । छ करोड १७ लाख ४५ हजार रुपैयाँ लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् आठ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको उनले बताए ।
नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।
More business
- Arizona appeals court rejects malpractice claim over lawyer's missed deadline in $200,000 divorce loan disputeTimes of India
- Things will be known at appropriate time: Sunetra Pawar on NCP merger talksThe Hindu
- India, Canada discuss advancing negotiations for proposed trade pactThe Hindu
- Stock Market Highlights, Sensex Today: Sensex Closes 770 Points Higher As Oil Eases, Asian Markets RallyNDTV
- Telangana seeks World Bank assistance for urban mission programme in PURE and RARE regionsThe Hindu
- ६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाशOnlinekhabar (Nepali)