Skip to main content
वातावरणOnlinekhabar (Nepali)

हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग

Read the full story at Onlinekhabar (Nepali)

हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । २४ कात्तिक, काठमाडौँ ।

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले चाल्नुपर्ने कदमबारे सम्मेलनमा व्यापक छलफल भएको हो ।

कोपको उद्घाटनकै दिन (सोमबार) विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को अध्ययनले विश्वव्यापी तापक्रम वृद्धिको असामान्य क्रम जारी रहेको देखाएपछि जारी कोप-३१ मा उक्त विषयमा बहस तातिएको छ । यसो त विगतका कोपमा पनि विश्वको तापमान वृद्धिका कारण जलवायुजन्य संकट निम्त्याइरहेको भन्दै तापक्रम वृद्धि रोक्ने विषयलाई प्रमुख प्राथमिकता दिँदै छलफल चल्ने गर्थे ।