Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

Read the full story at Onlinekhabar (Nepali)

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ । १९ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ । कार्यालयले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा कायम राख्न देउसीभैलो खेल्ने समूह, क्लब, संघसंस्था, आयोजक तथा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो । प्रशासनले देउसीभैलो कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्न, होहल्ला गर्न, झैझगडा गर्न वा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गर्न नपाउने जनाएको छ ।

त्यस्तै, देउसीभैलो खेल्दा ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने प्रशासनले जनाएको छ । अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रम तथा अन्य संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।