बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको
Read the full story at Onlinekhabar (Nepali)

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि सहभागी थिए । विवाहका तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान बेहुला र बेहुलीभन्दा अगाडिको पङ्क्तिमा बसेका यी दुई चर्चित व्यक्तित्वतर्फ गएको छ ।
कोहीले अनिरुद्ध र काव्याको जोडीको प्रशंसा गरेका छन् भने कोहीले रजनीकान्त र स्टालिनको उपस्थितिलाई विशेष चासोका साथ हेरेका छन् । विवाह समारोहमा अनिरुद्ध बेहुलाका रूपमा मण्डपतर्फ अघि बढ्दै गर्दा क्यामेराको ध्यान उनीसँगै पहिलो पङ्क्तिमा बसेका दुई व्यक्तित्वतर्फ पनि थियो । एकातिर सुपरस्टार रजनीकान्त थिए भने अर्कोतिर तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन । रजनीकान्त बेज रङको सर्ट र धोतीमा चस्मा लगाएर मुस्कुराउँदै ताली बजाइरहेका देखिन्थे ।
त्यस्तै, स्टालिन पनि अगाडिको पङ्क्तिमा बसेर विवाह समारोहमा सहभागी भएका थिए । अनिरुद्धसँग रजनीकान्तको पारिवारिक सम्बन्ध छ । अनिरुद्धका पिता अभिनेता रवि राघवेन्द्रले रजनीकान्तकी पत्नी लता रजनीकान्तकी बहिनी लक्ष्मीसँग विवाह गरेका हुन् । यही सम्बन्धका कारण रजनीकान्त अनिरुद्धका मामा हुन् ।
More politics
- A journey home for Chhath turns deadlyKathmandu Post
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar