कोप-३१ मा औपचारिक एजेन्डा बनेन पर्वतीय मुद्दा, अन्तिम निर्णयमा समेटिने नेपालको आशा
Read the full story at Bizmandu
अन्ताल्या (टर्किए)। कोप–३१ को औपचारिक कार्यसूचीमा पर्वतीय मुद्दा समावेश गराउने नेपालको प्रयास सफल हुन सकेन। तर हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको बढ्दो जोखिम, तापक्रम वृद्धिको असर र पर्वतीय समुदायको अनुकूलन आवश्यकतालाई सम्मेलनको अन्तिम निर्णयमा कुनै न कुनै रूपमा समेटिने नेपालको अपेक्षा छ।
नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको प्रस्ताव छुट्टै एजेन्डा बन्न नसके पनि सन् २०२७ र २०२८ मा पर्वतीय संवाद आयोजना गर्ने सहमति जुट्नुले नेपालको प्रयासलाई आंशिक उपलब्धि दिएको छ। नेपालले विशेषगरी पर्वतीय क्षेत्रमा तापक्रम वृद्धिको प्रभाव, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र जलवायु वित्तका विषयलाई अन्तिम निर्णयमा समेटिने अपेक्षा गरेको छ। नेपाल सरकारले मंगलबार अन्ताल्यास्थित नेपाल पेभिलियनमा आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय मुद्दालाई निरन्तर छलफलमा लैजाने विषयमा सकारात्मक समझदारी बनेको जानकारी दिए।
कोपको अध्यक्षता गरिरहेको टर्किए र आगामी वार्ता प्रक्रियाको सहअध्यक्षता गर्ने अष्ट्रेलियासँगको छलफलमा यस विषयलाई निरन्तरता दिने सहमति भएको उनको भनाइ छ। ‘हामी जुन परिस्थितिबाट यहाँ आएका छौँ, त्यसका आधारमा हाम्रा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सक्दो प्रयास गरेका छौँ।
More society
- After 47 years of marriage, Missouri woman fights over late husband's $505,000 IRA; court creates medical trustTimes of India
- वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटोफिचर)DC Nepal
- घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउNagarik News
- Over 25,500 drunk driving cases booked in Keralam since October 13; police to seek licence cancellation for repeat offendersThe Hindu
- नेपालगन्जका तीन कृषि विद्यार्थीले गरे फूलखेती, १० कट्ठामा जग्गामा ११ क्वीन्टल उत्पादनBizmandu
- Drug Abuse Fears No Ground To Curb 5-Star Hotel Bar Hours: Kerala High CourtNDTV