Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

Read the full story at Onlinekhabar (Nepali)

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले आफ्नो प्रगति अझ दयनीय रहेको पुष्टि गरेका छन् । २४ कात्तिक, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिक अवधिमा लक्ष्यको १८.८४ प्रतिशत बजेट खर्च गर्न सक्यो । खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ ।

संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले आफ्नो प्रगति अझ दयनीय रहेको पुष्टि गरेका छन् । कमजोर बजेट कार्यान्वयन केन्द्र सरकारको पुरानै प्रवृत्ति हो । यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा प्रदेश सरकार अझ कमजोर अवस्थामा पुगेको त्रैमासिक तथ्यांकबाट देखिन्छ । ७ प्रदेश सरकारमध्ये ६ (सुदूरपश्चिम बाहेक) ले तोकिएको समयमै बजेट पास गरी १ साउनदेखि कार्यान्वयन थालेका थिए । यसमध्ये मधेस प्रदेश सरकारले आफ्नो त्रैमासिक प्रगति विवरण अझै सार्वजनिक गरेको छैन ।

उता, सुदूरपश्चिम प्रदेशमा भने तीन महिनासम्म राजनीतिक खिचातानीका कारण बजेट होलिडे कायम रह्यो । पहिलो त्रैमासिक सकिने अवस्था अर्थात् असोज अन्तिम सातामात्र सुदूरपश्चिम प्रदेशको बजेट पारित भएको हो । यस प्रदेशमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा बजेट ल्याएको थियो । लगत्तै सत्ता गठबन्धन बदलियो ।