Skip to main content
खेलकुदRatopati

गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)

Read the full story at Ratopati

गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ । सानो गोलभेँडा लोकलको २०, टनेलको ५० र तराईको ४५ रुपैयाँ छ । रातो आलुको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र भारतीय आलुको ३५ रुपैयाँ छ । सेतो आलुको अधिकतम मूल्य ३२ रुपैयाँ तथा सुकेको भारतीय प्याजको ९२ रुपैयाँ छ । त्यस्तै, लोकल गाजरको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ, तराई गाजरको ६०, लोकल बन्दाको ३०, स्थानीय काउलीको ३५ र तराई काउलीको २५ रुपैयाँ छ ।

रातो र सेतो मूलाको अधिकतम मूल्य ३० रुपैयाँ तोकिएको छ । मटरकोशाको अधिकतम मूल्य प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (राजमा) को १४०, भटमासकोशाको १२०, बोडीको ९० र तितो करेलाको ८० रुपैयाँ छ । भिण्डीको ८०, लौकाको ५० र परवरको ८० रुपैयाँ अधिकतम मूल्य छ । हरियो प्याजको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ छ । रायो सागको १००, पालुंगो सागको १२० तथा चमसुर र मेथीको सागको १५० रुपैयाँ छ ।

च्याउमध्ये सिताके च्याउको अधिकतम मूल्य प्रतिकिलो एक हजार रुपैयाँ छ । डल्ले च्याउको ४००, राजा च्याउको ३०० र कन्य च्याउको २७० रुपैयाँ छ । कुरीलोको अधिकतम मूल्य ८०० रुपैयाँ छ । फलफूलतर्फ फुजी स्याउको अधिकतम मूल्य प्रतिकिलो ३५० रुपैयाँ, जुम्ला स्याउको ३००, नेपाली केराको प्रतिदर्जन १५०, अनारको ३५० र भारतीय सुन्तलाको १०० रुपैयाँ छ । कागतीको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ छ ।