अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए
Read the full story at Onlinekhabar (Nepali)

परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । उनी ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । २६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु भएको हो ।
यस्तै, १४ महिनाका कान्छा छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा अवधेशकी ३५ वर्षीया श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनुकुमारी यादव, ७ वर्षीया छोरी दीक्षा यादव र ५ वर्षीया छोरी दिपीका यादवको मृत्यु भएको छ । अवधेशका १४ महिनाका छोरा सुदीप यादव भने दुर्घटनामा घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनको स्वास्थ्य अवस्थाबारे खुलाइएको छैन । घाइते अवस्थामा फेला परेका उनलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो ।
थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको डीएसपी काफ्लेले बताए । परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । छोराको उपचारमा आफन्त दिनेश यादव रहेका छन् । अवधेश ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा आएका थिए ।
More politics
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar