मुगुमा भैलो खेल्न हिँडेकाहरू परे जिप दुर्घटनामा, ५ जना घाइते
Read the full story at Setopati

जिल्ला प्रहरी प्रमुख डिएसपी रविराज थपलियाका अनुसार दुर्घटनामा सोरू गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। दुर्घटनामा सोरू गाउँपालिका–९ कालैकी १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी, १९ वर्षीय अन्तिम योगी र खत्याड गाउँपालिका–७ का २९ वर्षीय चालक उपेन्द्र परियार पनि घाइते भएका छन्।
उद्धारमा खटिएका प्रहरी चौकी सोरूबर्माका प्रहरी नायब निरीक्षक देवबहादुर खड्काका अनुसार चालक परियार र निर्मला ऐडीको अवस्था मध्यम छ। करिस्मा र अन्तिमको अवस्था सामान्य छ। प्रहरीका अनुसार सोरूकोटबाट तारापानीतर्फ भैलो खेल्न जाने टोली बोकेको बा१८च ४१८ नम्बरको जिप ब्रेक नलागेपछि सडकको भित्तामा ठोक्किएको थियो।
'भैलो खेल्ने टोली एक ठाउँबाट अर्को ठाउँ जाँदै रहेछ,' प्रहरी नायब निरीक्षक खड्काले भने, 'ब्रेक नलागेपछि चालकले गाडी भित्तामा ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएको देखिन्छ। गाडी सडकबाट तल खसेको भए ठूलो क्षति हुन सक्थ्यो। '
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुनेNepal Khabar
- डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली युवा टोलीNepal Khabar
- What does the upcoming FIFA elections mean for world football? | In Focus PodcastThe Hindu
- Keralam CPI(M) awaits ICC report on complaint against former Palakkad secretaryThe Hindu