भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहेक अन्यत्र भएको भए त्यसलाई सच्याउन आह्वान गरेको छ। विवरणमा कसैको दाबी, विरोध वा कुनै किसिमको त्रुटि रहेको भए सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित रूपमा पेस गर्नुपर्नेछ। यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
तोकिएको ३ दिनको समयावधिभित्र विवरण सच्याउन वा सुधार गर्न कुनै निवेदन प्राप्त नभएमा नगरपालिकाले सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गर्नेछ। त्यसलगत्तै बेपत्ता व्यक्तिहरूको मृत्यु घोषणाको सिफारिस प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
More environment
- Nepal’s push for Himalayan climate agenda falls short at COP31Kathmandu Post
- सरकारले पैसा नदिएको रिसमा सरकारी भवनमा डोजरDC Nepal
- त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्तीOnlinekhabar (Nepali)
- ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!Setopati
- रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्यOnlinekhabar (Nepali)
- जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री खनालDC Nepal