Skip to main content
वातावरणSetopati

ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!

Read the full story at Setopati

ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र जनमत सर्वेक्षण गर्ने फ्रान्सेली संस्था इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति समर्थन जनाउने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको हो। गत साता भएको मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएपछि सार्वजनिक भएको सर्वेक्षणले उनको लोकप्रियता अझै कमजोर अवस्थामा रहेको देखाएको हो।

महँगी नियन्त्रण गर्न नसकेको विषयले ट्रम्पको लोकप्रियता घटाउनुका साथै मध्यावधि निर्वाचनमा उनको पार्टीको पराजयमा समेत भूमिका खेलेको छ। सर्वेक्षणमा ३८ प्रतिशत अमेरिकीले उनको आप्रवासन नीतिलाई समर्थन गरेका छन् भने अर्थतन्त्र व्यवस्थापनमा २५ प्रतिशतले मात्रै समर्थन जनाएका छन्।