केराका बोट, आम्दानीको स्रोत
Read the full story at Setopati

लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो। पर्वका बेला केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थाम बिक्री हुने गरेको किसान बताउँछन्। जनकपुरधाममा शनिबार र आइतबार मात्रै करिब आठदेखि नौ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए।
केराको झ्याङमा बोट धेरै गाँजिएपछि राम्रो उत्पादन लिन केही बोट हटाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुन्छ। बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व कुर्ने गरेको बताए। उनका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्छ।
तर दीपावलीमा ती बोट राम्रो मूल्यमा बिक्री हुन्छन्। उनले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढीका केराका थाम बिक्री गरेको जानकारी दिए। स्वागतद्वारका मूल खम्बाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो। सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्छन्।
More politics
- अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ थप घट्योNepal Khabar
- लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)Nepal Khabar
- हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलनNepal Khabar
- नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोटNepal Khabar
- कालीमाटीमा प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिएNepal Khabar
- १२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar