Skip to main content
समाजRatopati

छठ पर्वका लागि गुह्येश्वरीमा तयारी तीव्र, ३० तस्बिरमा हेर्नुहोस्

Read the full story at Ratopati

छठ पर्वका लागि गुह्येश्वरीमा तयारी तीव्र, ३० तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । काठमाडौंको गुह्येश्वरीस्थित बागमती नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ।

छठ पर्व नजिकिएसँगै नदी किनारमा घाट निर्माण, सरसफाइ, सजावट तथा पूजाका लागि आवश्यक व्यवस्थापनको काम भइरहेको छ । छठ पर्वका अवसरमा व्रतालुहरूले बागमती नदीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने भएकाले नदी किनारमा आवश्यक व्यवस्था मिलाउन थालिएको हो।

चार दिनसम्म मनाइने छठ पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै सूर्यदेव र छठी माताको पूजा गर्ने धार्मिक परम्परा छ।