Skip to main content
राजनीतिRatopati

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

Read the full story at Ratopati

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको दुर्घटनापछि सुरक्षाकर्मीले निकै चुनौतीपूर्ण रूपमा उद्धार कार्य गरे । भीरबाट खसेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभीका घाइते र मृतकको उद्धार सुरक्षाकर्मीले घाँस र बुट्यानका हाँगा समातेर गरे । उद्धारका लागि पठाइएका सामग्रीहरू प्रयाप्त भए पनि भौगोलिक अवस्थितिका कारण उद्धार कार्य सहज नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) श्याम बहादुर खत्रीले जानकारी दिए ।

१४ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले अक्करे भीरमा कसरी उद्धार कार्य गरेका थिए । बिहान करिब ५ः४५ बजे उक्त ईभीले सडक छाडेर भीरमा खसेको थियो । घटनाको १० मिनेटमै (बिहान ५ः५५ बजे) सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट पहिलो उद्धार टोली घटनास्थलतर्फ पुगेको एसपी खत्रीले बताए ।

घटनाको गम्भीरता देखेपछि जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको थप जनशक्तिसहित एसपी खत्री आफैँ कमान्ड सम्हाल्न घटनास्थल पुगेका थिए । उद्धार टोली घटनास्थल पुगे पनि भीरमा ओर्लिनु सहज नभएपछि थप बल माग गरी घाइतेहरूलाई निकालिएको उनले बताए । घटनास्थल अत्यन्तै ठाडो भीरमा थियो, जहाँ मानिस हिँड्ने कुनै गोरेटो समेत नभएको उनले बताए ।