एफएनसीसीआईका उपाध्यक्ष पाण्डेले भने- अरुको सिको गरेर स्टार्टअप सफल हुँदैन
Read the full story at Bizmandu
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले स्टार्टअप उद्यम सुरु गर्ने प्रवृत्ति बढे पनि त्यसलाई नवप्रवर्तनसँग जोड्न नसकिएको बताएका छन्। उनले धनगढीमा आयोजित ‘सुदूरपश्चिम स्टार्टअप सम्मेलन’ अन्तर्गत ‘काठमाडौंबाहिर प्रतिस्पर्धी उद्यम’ विषयक विशेष प्यानल सत्रलाई सम्बोधन गर्दै उद्यमशीलताको विकासका लागि नवप्रवर्तनको अभ्यास संस्थागत गर्न आवश्यक रहेको बताए। ‘हामी सबैले स्टार्टअप गरिरहेका छौं।
तर, त्यसलाई इन्नोभेट गर्न सकिरहेका छैनौं। हामीमा नवप्रवर्तनको परिपाटी नै बसिसकेको छैन,’ उनले भने। उपाध्यक्ष पाण्डेले अरुको सिको गर्नुको साटो आफ्नै क्षेत्रको सम्भावना पहिचान गरी त्यसैका आधारमा उद्यम विकास गर्नुपर्नेमा जोड दिए। उनले उद्यमको प्रारम्भिक लागत घटाउनका लागि कर छुट दिन स्थानीय र प्रदेश सरकारसँग आग्रह गरे।
उनले सुदूरपश्चिम प्रदेशमा जलस्रोत, कृषि, जडीबुटी तथा पर्यटनका सम्भावनालाई आधुनिक प्रविधिसँग जोडेर उच्च मूल्य अभिवृद्धि भएका वस्तु तथा सेवा उत्पादन गर्न सके स्थानीय उद्यमले प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सक्ने बताए। काठमाडौंबाहिर प्रतिस्पर्धी उद्योग तथा व्यवसाय विकासका लागि बजार पहुँच, पूर्वाधार, दक्ष जनशक्ति, लगानी, नीतिगत सहजीकरण र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने पाण्डेको भनाइ थियो।
More business
- प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र बनाउँछु : आईजीपी केसीDC Nepal
- गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरुOnlinekhabar (Nepali)
- ऊर्जामन्त्री र भारतीय विदेश सचिवबीच भेट, तल्लो अरुण र फुकोट कर्णालीबारे छलफलBizmandu
- Germany news: Commerce chief calls for stable US trade relations after midterms, warning that uncertainty over Trump's tariff policies remainsDW
- उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौताOnlinekhabar (Nepali)
- गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमाThaha Khabar