Skip to main content
वातावरणOnlinekhabar (Nepali)

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

Read the full story at Onlinekhabar (Nepali)

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आत्मआलोचना गरेका छन्। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’ भन्दै तत्काल सच्चिन चेतावनी दिए।

‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुपिएका छौँ,’ सभापति लामिछानेले आफ्नै नेता–कार्यकर्ताप्रति लक्षित गर्दै भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ। यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन !’ विगतमा रास्वपा (घण्टी) बोकेर हिँड्दा राज्य प्रशासनबाट दुःख पाएको स्मरण गर्दै उनले अहिले चुनाव जितिसकेपछि प्रशासनलाई दबाब दिएर बदला लिने प्रयास नगर्न कडा निर्देशन दिए।

रास्वपाको उदयलाई विश्लेषक र समाजले ‘हुरी वा आँधी’ भनेर टिप्पणी गर्दा पार्टीभित्र आक्रोश देखिने गरेको सन्दर्भ निकाल्दै लामिछानेले यसमा मिडिया वा विश्लेषकलाई दोष नदिन आग्रह गरे। ‘समाजले हामीलाई ऐना देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने, ‘विश्लेषक, अन्य दल र सञ्चारमाध्यमलाई म दोष दिन चाहन्नँ, यो दोष म लिन चाहन्छु, तपाईंहरूले लिनुपर्छ।