ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ
Read the full story at Bizmandu
काठमाडौं। ग्लोबल आइएमई बैंकले उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउने भएको छ। बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भवन निर्माणका लागि भूमिपूजा गरेका छन्।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना हुने बैंकले जनाएको छ। अध्यक्ष ढकालका अनुसार भवन निर्माणमा नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिइनेछ। यस्तै जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने ढकालले जानकारी दिए।
उनले भवनमा वर्षाको पानी पुनः प्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणाली हुने बताए। उनका अनुसार भवनमा दुई तहको फराकिलो भूमिगत पार्किङ हुनेछ। The post ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ appeared first on BIZMANDU .
More environment
- Landslide dams river, forming lake in GorkhaKathmandu Post
- चितवन राष्ट्रिय निकुञ्जमा गौरमाथि बाघको आक्रमण, तस्वीरहरूThaha Khabar
- AAP spent Centre's ₹1,600 crore flood relief funds for Punjab elsewhere: CM SainiThe Hindu
- Indonesia doubles down on climate goals despite surging wildfire emissionsSouth China Morning Post
- उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृतThaha Khabar
- COP31 faces tough test as climate threats mountOnlinekhabar English