Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

Read the full story at Onlinekhabar (Nepali)

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले जनकपुर आउने भएपछि तयारी तीव्र बनाइएको पनि बतँए लामिछाने आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा रहेको उनले बताए ।

लामिछाने पत्नी निकिता पौडेल लामिछानले खरनादेखि बिहानको अघ्र्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने उनले बताए । लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा सदस्यका आफन्तको घर नभई सामान्य सर्वसाधारण नागरिकको घर रोज्न आग्रह गरेको पनि उनले बताए । ‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ ।

सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ,’ उनले भने । झाकाअनुसार भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिइने छैन । राजनीतिक कार्यक्रम नराखी सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उनले बताए ।