सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनैस साह कलवारको कुखुरा फार्म र सोही स्थानका सन्तोष साहको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले कुखुरा फार्मबाट १० जना र सन्तोष साहको घरबाट सात जनालाई पक्राउ गरेको हो। त्यस्तै, मलंगवा नगरपालिका–८ स्थित कोल्ड स्टोरनजिक भागनारायण चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा थप नौ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तीनवटै स्थानबाट कुल ९ लाख ४९ हजार १४५ रुपैयाँ नेपाली र ३२ हजार ८५० रुपैयाँ भारतीय मुद्रा बरामद भएको छ । त्यसैगरी, माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको एउटा चेक, तासका बुक तथा जुवा खेल्न प्रयोग हुने अन्य सामग्री पनि बरामद गरिएको छ ।
बरामदमध्ये भागनारायण चौधरीको घरबाट मात्रै ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० रुपैयाँ भारतीय मुद्रा फेला परेको प्रहरीले जनाएको छ । उक्त घरबाट २५ थान मोबाइलसमेत बरामद गरिएको छ ।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- Nepal Heritage Project documents over 2,000 monuments, 8,000 archaeological objectsOnlinekhabar English
- CM Suvendu defends encounter in Raiganj, says police entitled to retaliate in self-defenceThe Hindu
- Andhra Pradesh plans major overhaul of postgraduate education across 28 universities | ExplainedThe Hindu
- Why can’t helicopters be used for sea drowning rescue operations, asks Madras High CourtThe Hindu