Skip to main content
खेलकुदNagarik News

चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

Read the full story at Nagarik News

चाडपर्वमा खेलकुदको रौनक, जुम्लाका गाउँगाउँमा लाखौँका पुरस्कार

दसैं–तिहारको रौनकसँगै जुम्लाका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन्। चाडपर्व मनाउन घर फर्किएका युवा, स्थानीय खेलाडी र खेलप्रेमीको जमघटले गाउँका खेलमैदान भरिभराउ छन्। कतै फुटबलको प्रतिस्पर्धा छ, कतै भलिबलको रोमाञ्चक भिडन्त त कतै क्रिकेटको उत्साह, चाडपर्वलाई भेटघाट र मनोरञ्जनमा मात्र सीमित नराखी खेलकुदसँग जोड्ने क्रम बढेपछि जुम्लाका गाउँबस्तीमा छुट्टै रौनक थपिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा युवा क्लब, वडा कार्यालय र गाउँपालिकाको अगुवाइमा एकपछि अर्को प्रतियोगिता सञ्चालन भइरहेका छन्।

प्रतियोगितामा स्थानीय टोलीसँगै जिल्ला र प्रदेशस्तरका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँ पुरस्कार राखिएको छ। यसले खेलाडीको आकर्षण बढाउनुका साथै दुर्गम गाउँका खेलप्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर दिएको छ। जुम्लामा आयोजित कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल ३३ नम्बर गण जुम्लाले जितेको छ।

गुठिचौर–५ सुर्खेतको टोलीलाई सोझो तीन सेटमा पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि हात पारेको हो। सोमबारदेखि बुधबारसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सांसद देवेन्द्र शाहीले गरेका थिए। पूर्वराष्ट्रिय भलिबल खेलाडी स्वर्गीय भुवन केसी र दीर्घबहादुर खत्रीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो।