आजदेखि यु-१९ एसिया कप क्रिकेट सुरु हुँदै, नेपालले भोलि भारतसँग खेल्ने
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । उक्त प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।
आज उद्घाटनको दिन दुई खेल हुँदैछन् । मलेसिया र श्रीलंकाबीच तथा अफगानिस्तान र बंगलादेशबीच बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।
More sports
- च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोलOnlinekhabar (Nepali)
- Indian shooters miss medal targetsThe Hindu
- Champions League: Real Madrid seal late comeback as Liverpool lose to FenerbahceFrance 24
- Football: Spanish player dies on after cardiac arrest on the pitchDW
- दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन: सदस्यसचिव मेहताNagarik News
- Is this government governing, or just putting on a show?Kathmandu Post