ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएका छन् ।
ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भने, ‘गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ठूलो प्रतिगमनतर्फ अघि बढाएको छ। ’ रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मेवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गरेका छन्। उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफको जिम्मेवारी दिए ।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको विरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। एएफपी
More politics
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar