एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
Read the full story at Ratopati

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। क्रेस सन् २०१३ देखि एनभिडियामा प्रमुख वित्तीय अधिकृत तथा कार्यकारी उपाध्यक्षका रूपमा कार्यरत छिन्।
एनभिडियामा आबद्ध हुनुअघि उनले सिस्को कम्पनीमा सीएफओ तथा वरिष्ठ उपाध्यक्षका रूपमा काम गरेकी थिइन्। एनभिडियाभित्र क्रेसलाई प्रभावशाली नेतृत्वकर्ताका रूपमा हेरिन्छ। उनी विभिन्न प्रविधिसम्बन्धी सम्मेलनहरूमा ह्वाङसँगै सहभागी हुँदै आएकी थिइन् भने लगानीकर्ताहरूसँगको संवाद तथा कम्पनीको वित्तीय रणनीतिमा पनि उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
क्रेस ले विगतमा कम्पनीको सेयर मूल्यभन्दा पनि नयाँ प्रविधिको विकास र नवप्रवर्तनलाई प्राथमिकता दिने बताउँदै आएकी छन्। ह्वाङ तथा कम्पनीका अन्य उच्च अधिकारीहरूको तुलनामा उनको प्राविधिक पृष्ठभूमि कमजोर मानिए पनि स्थायी सीईओ बन्न सक्ने प्रमुख दाबेदारका रूपमा उनलाई हेरिएको छ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar