अर्थमन्त्री वाग्ले टर्किए प्रस्थान
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए प्रस्थान गरेका छन्।
सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ। टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्।
अर्थमन्त्री डा.वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्किनेछन्।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar