एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा
Read the full story at Nagarik News

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्। दुई महिलासँगको विवाहेत्तर सम्बन्ध तथा चिनियाँ गुप्तचर निकायसँग जोडिएको जासुसी विवाद सार्वजनिक भएपछि उनले ३३ वर्ष लामो नेतृत्व यात्राबाट तत्काल लागू हुने गरी राजीनामा दिएका हुन्। एनभिडियाको सञ्चालक समितिले हालकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
स्थायी सीईओ चयन नभएसम्म क्रेसले नै कम्पनीको नेतृत्व सम्हाल्नेछिन्। समितिले स्थायी नेतृत्वका लागि आन्तरिक र बाह्य उम्मेदवारहरूको खोजी थालेको जनाएको छ। बोर्ड अध्यक्ष जोन्सले क्रेस र वर्तमान नेतृत्व टोलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै कम्पनीको सञ्चालन र उत्पादन योजनाहरू बिनाअवरोध अघि बढ्ने बताए।
हुआङको अप्रत्याशित बहिर्गमनसँगै वालस्ट्रिटमा एनभिडियाको सेयर मूल्य १३ प्रतिशतसम्मले घटेको छ। पछिल्लो केही दिनयता कम्पनीको बजार पुँजीकरणबाट करिब ८ खर्ब अमेरिकी डलर गुमेको छ। वित्तीय विश्लेषक ड्यान इभ्सले यस घटनालाई एनभिडिया र अमेरिकी प्रविधि उद्योगका लागि कालो दिन भनेका छन्।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar