भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता
Read the full story at Thaha Khabar

रसुवा : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबीच साझेदारी सम्झौता भएको हो।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा रेडक्रसको रसुवा जिल्ला शाखाका कार्यवाहक सभापति देकीछोमो तामाङ र गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतानुसार रेडक्रस र गाउँपालिकाको समन्वयमा बाढीप्रभावित परिवारलाई तत्काल नगद सहायता उपलब्ध गराउनुका साथै अन्य मानवीय सहायता र प्रतिकार्यका कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले प्राप्त सहयोग पारदर्शी र व्यवस्थित रूपमा वास्तविक पीडितसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
More environment
- चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्यNepal Khabar
- नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशNepal Khabar
- अनमोलकै अघि भुवन भन्छन्- म उसको छायामा पर्न तयार छु (भिडिओ)Nepal Khabar
- चितवनको सानदार ‘कमब्याक’, चौथो हारसँगै पोखराको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यकOnlinekhabar (Nepali)
- ‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’Onlinekhabar (Nepali)