Skip to main content
राजनीतिSetopati

नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा

Read the full story at Setopati

नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा

इसापूर्व दोस्रो शताब्दीमा पर्गामोनका राजा एटालस द्वितीयले स्थापना गरेको अन्ताल्या सहरले रोमन, बाइजान्टिन, सेल्जुक र ओटोमन साम्राज्यका अनेक उतारचढाव देख्यो। नीलो समुद्र, त्यसको किनारमा फैलिएको ऐतिहासिक बस्ती, प्राचीन बन्दरगाह र यी सबैको पृष्ठभूमिमा अग्लिएको टोरस पर्वतले अन्ताल्याको सुन्दरता बढाएका छन्। इतिहासमा अनेक साम्राज्यको उदय र पतन देखेको यही सहर सोमबारदेखि पृथ्वीको भविष्यसँग जोडिएको एउटा कठिन राजनीतिक बहसको केन्द्र बन्दैछ। यहाँ विश्वका लगभग सबै देशका प्रतिनिधि भेला हुँदैछन्। उनीहरूसँगै वैज्ञानिक, वातावरणविद, नागरिक समाजका प्रतिनिधि, आदिवासी समुदाय, युवा अभियन्ता र पत्रकारहरू पनि सम्मेलनमा सहभागी हुँदैछन्।

ब्लू जोन राष्ट्रसंघको व्यवस्थापनमा चल्ने औपचारिक वार्तास्थल हो। यहाँ प्रवेश गर्न विशेष अनुमति चाहिन्छ। विभिन्न देशका प्रतिनिधिमण्डल यही क्षेत्रमा भेला हुन्छन्। मन्त्रीहरू भाषण गर्छन्। वार्ताकारहरू दस्तावेजका शब्द–शब्दमा छलफल गर्छन्।

सहमति खोज्छन्। कहिलेकाहीँ एउटै वाक्यमा सहमति जुटाउन घन्टौं बित्छ। ग्रिन जोन भने आयोजक टर्कीले व्यवस्थापन गर्ने सार्वजनिक क्षेत्र हो। यहाँ जलवायु संकटका समाधान, नयाँ प्रविधि, स्वच्छ ऊर्जा र वातावरण संरक्षणका प्रयासबारे प्रदर्शन गरिने छन्। नागरिक समाज, अनुसन्धानकर्ता र सर्वसाधारणले समेत यस क्षेत्रका गतिविधिमा सहभागी हुने अवसर पाउँछन्।