‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’
Read the full story at Nagarik News

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफू फेरि अर्को आन्दोलन तथा विद्रोहको तयारीमा जुटेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार थप स्थापित गर्न र संविधान परिमार्जनका लागि नयाँ आन्दोलन आवश्यक भएको बताएका हुन्। संयोजक दाहालले आफ्नो उमेर ढल्किए पनि क्रान्तिकारी विचार कमजोर नभएको दाबी गरे।
‘भौतिक उमेरको हिसाबले म ७२ कटेर अब ७३ टेक्दै छु,’ उनले भने, ‘तर विचारको हिसाबले म अर्को एउटा विद्रोह र आन्दोलनको तयारीमा छु, यो कुरा बुझिराख्नुहोला।’ उनले कठिन परिस्थितिबाट नआत्तिन आग्रह गर्दै रातपछि दिन आउँछ भन्ने यथार्थ नबिर्सन नेता-कार्यकर्तालाई स्मरण गराए। दाहालले वर्तमान विश्व परिवेश, दक्षिण एसिया र नेपालको सन्दर्भ सुहाउँदो नयाँ आन्दोलनको खाँचो औंल्याए। पार्टी अहिले आन्तरिक रूपमा राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको जानकारी दिँदै उनले त्यसपछि देशव्यापी आन्दोलन अघि बढ्ने बताए।
‘यो जागरण अभियानपछि देशमा फेरि नयाँ किसिमको आन्दोलन आवश्यक छ र हामी त्यही प्रक्रियामा छौं,’ दाहालले भने, ‘जनतालाई मुक्त गर्ने, संविधानलाई परिमार्जन र परिष्कृत गर्ने तथा जनताको अधिकारलाई नयाँ उचाइमा उठाउने आन्दोलनको तयारीमा म छु।’ पार्टी पंक्तिमा निराशा छाएको र नकारात्मक कुरा मात्र आउने गरेको गुनासोप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलन सधैं आशावादी हुनुपर्ने बताए।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar