तिहारमा फेवाताल किनारमा देउसीभैलो उत्सव गरिने
Read the full story at Nepal Khabar

नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ। पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागेको हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए।
आधुनिकताको प्रभावले देउसीभैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहार र संस्कृतिबारे प्रत्यक्ष जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए ।
पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सांस्कृतिक उत्सव प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।
More society
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- आज कुकुर तिहार पर्व मनाइँदैNepal Khabar
- आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनNepal Khabar
- पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्पराOnlinekhabar (Nepali)