पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा
Read the full story at Onlinekhabar (Nepali)

‘पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने । २२ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं–तिहार होस् चाहे फागुपूर्णिमा, तीज होस् वा क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवका रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक परम्परा र योसँग जोडिएको समाज ।
यसपटकको तिहारलाई पनि पोखराले उसैगरी मनाउँदैछ, मौलिक हिसाबले । तिहारको छेकोमा पोखरा आउने विदेशी–स्वदेशी पर्यटकले देख्न पाउनेछन्, तिहारको महत्व । तिहारमा काग, कुकुर, गाई, गोरु किन पुजिन्छ ? किन देउसी भैलो खेलिन्छ र किन सप्तरंगी टीका लगाइन्छ ? एउटै मञ्चमा देख्न, बुझ्न र रमाउन पाइने भएको छ । यस्तो उत्सवको चाँजो मिलाएको हो, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनले ।
३ संस्थाले संयुक्त आयोजना गर्न लागेको कार्यक्रमको नाम दिइएको छ, ‘मौलिक देउसी भैलो उत्सव’ । कात्तिक २३ गते सोमबार गार्ईपूजाका दिन पोखरा–६, लेकसाइडस्थित गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘पोखराले हरेक चाडलाई उत्सवको रुपमा मनाउँछ । नयाँ वर्षमा पोखरा जाउँ भन्ने स्थापित भइसकेको छ । दशैंमा रातो टीका र जमरा लगाएर रमाउँदै हिँडेका पर्यटक लेकसाइडभरि भेटिन्छन् ।
More society
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- तिहारमा फेवाताल किनारमा देउसीभैलो उत्सव गरिनेNepal Khabar
- आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनNepal Khabar
- आज कुकुर तिहार पर्व मनाइँदैNepal Khabar
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post