Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए

Read the full story at Onlinekhabar (Nepali)

पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए

मे महिनामै भारतीय विदेश सचिवको नेपाल भ्रमण भएको भए र प्रधानमन्त्रीको भ्रमणको तयारी थालिएको भए पहिल्यै उनको भारत भ्रमण हुन्थ्यो पनि होला । भारत त्यसका लागि इच्छुक पनि थियो । १९ कात्तिक, काठमाडौं । गत मेको ११ तारिखमा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने तय भएको थियो ।

उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भेट्न चाहे । तर प्रधानमन्त्रीले भेट नदिने निश्चित भएपछि सचिव मिश्रीको भ्रमण पनि रोकिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना मन्तव्य पठाउँदै भारत भ्रमण गर्न निम्तो दिएको सन्दर्भमा भारतीय विदेशसचिवले उनीसँग भेटेर सकेसम्म चाँडै भ्रमणको चाँजोपाँचो मिलाउन खोजेका थिए । मे महिनामै भारतीय विदेश सचिवको नेपाल भ्रमण भएको भए र तयारी थालिएको भए पहिल्यै प्रधानमन्त्री शाहको भारत भ्रमण हुन्थ्यो पनि होला ।

भारत त्यसका लागि इच्छुक पनि थियो । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच मौरिससमा भएको नवौं हिन्द महासागर सम्मेलनको साइडलाइन वार्तामा प्रधानमन्त्रीको भ्रमण चाँडै गराउने सहमति भएको थियो । तर, त्यसबेलासम्म प्रधानमन्त्री शाह मित्रराष्ट्रका राजदूतहरुलाई एक्लाएक्लै र नेपाल भ्रमणमा आउने आफूभन्दा तल्लो पदका मानिससँग नभेट्ने घोषित अडानमा थिए ।