खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
Read the full story at Nagarik News

रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश हुनुका साथै यसको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन उक्त बजेट विनियोजन गरिएको हो।
बुढाथोकीले आयोजनालाई शीघ्र अघि बढाउने विषयमा शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग छलफल गरेका छन्। छलफलका क्रममा उनले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन उनले आग्रह गरेका छन्।
उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभइ सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
More business
- अमेरिकामा देशव्यापी उडानको प्रतिबन्ध हट्यो, १५ हजारभन्दा बढी उडान प्रभावितBizmandu
- Indonesia’s commodity export U-turn: no monopoly, just all the dataSouth China Morning Post
- राष्ट्र बैंकले पाँच पदमा ६१ कर्मचारी नयाँ नियुक्त गर्दै, योग्य र इच्छुकलाई दरखास्त खुलाBizmandu
- डलर महँगियो, युरो र पाउण्ड सस्तिए, सुन पनि घट्यो, यस्तो छ आजको विनिमय दरBizmandu
- नेपाली खानाहरूको व्यावसायिकरण : पहिचान, प्रवर्द्धन र अर्थतन्त्रको आधारDC Nepal
- रावणको अन्त्य र करुणाको विजय: लंकाको कथाDC Nepal