सरकारका गलत क्रियाकलापमा कांग्रेसले तीखो निगरानी गर्छ : विश्वप्रकाश शर्मा
Read the full story at Nagarik News

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विधिको शासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सरकारका गलत क्रियाकलापमाथि पार्टीले तीखो निगरानी राख्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको नीतिअनुसार प्रतिपक्षी दलका रूपमा सरकारले गर्ने गलत काममाथि प्रश्न उठाइने उनले स्पष्ट पारे। विधिको शासन अदालत, राजनीतिक दल र कर्मचारीमाथि हुने कारबाही सबै क्षेत्रमा समान रूपमा लागू हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै कर्मचारीमाथि कारबाही गर्दा पनि सरकारले पारदर्शिता र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। पत्रकारहरूसँगको संवादमा उनले प्रधानमन्त्री र उनको टिमलाई लक्षित गर्दै सरकारका कामकारबाहीबारे प्रश्न उठाउँदा त्यसको जवाफ दिनुपर्नेमा उल्टै प्रश्न गर्नेहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। उनले पत्रकारहरूलाई कालोपट्टी प्रदर्शन गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि चुनौती देखिएको बताए।
‘खतरामा तपाईं पर्नुभएको छ। पार्टीको सभापति आदरणीय गगन थापाको अगाडि अनधिकृत व्यक्तिले अज्ञात व्यक्तिले मोटर राखिरहँदा त्यसलाई पछ्याउँदै साथीहरू जाँदा त्यो मोटर प्रहरीले त्यहाँ राखेको भन्ने कुराको पुष्टि भएको छ,’ शर्माले भने। उनले पत्रकारहरूले प्रश्न गर्न र घटनाबारे समाचार लेख्न छाडे संविधान पुस्तकमा मात्र सीमित हुने चेतावनी दिए।
More politics
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar