कस्तो अवस्थामा पटक-पटक डन्डिफोर आइरहन्छ ?
Read the full story at Onlinekhabar (Nepali)

डन्डिफोर छालामा देखिने एक सामान्य समस्या हो । अनुहारमा रातो बिबिरा निस्कन्छन् । यस्ता डन्डिफोर कम वा धेरै हुन सक्छन् । अनुहारबाहेक छाती र ढाडमा पनि डन्डिफोर देखिन सक्छ । डन्डिफोर हुँदा छाला चिल्लो देखिने, छालामा दाग देखिने, दुख्ने खालका गिर्खा निस्कने, छालाको बनावटमा परिवर्तन आउने तथा छुँदा दुख्ने वा पोल्ने पनि हुन सक्छ।
अक्सर गलत खानपानका कारण डन्डिफोर आउन सक्ने मानिन्छ । तर, बारम्बार डन्डिफोर आइरहनु कुनै स्वास्थ्य समस्याको सङ्केत पनि हुन सक्छ भनिएको छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार डन्डिफोर आउनुका केही कारणहरू छन् र यससँग सम्बन्धित केही स्वास्थ्यहरू पनि रहेका छन् । रौं उम्रने छालाका साना छिद्र बन्द हुँदा डन्डिफोर हुन्छ । यसरी छिद्र बन्द भएपछि छालाभित्र अतिरिक्त तेल र मृत छालाका कोषहरू जम्मा हुन थाल्छन् ।
यस्तो अवस्थामा ब्याक्टेरिया बढ्न थाल्छन् र संक्रमण भई पिप जम्मा हुन सक्छ । यसैका कारण छालामा डन्डिफोर देखिन्छ । डन्डिफोर हुनुका पछाडि केही स्वास्थ्यसम्बन्धी समस्या पनि हुन सक्छन् । शरीरमा हर्मोनको स्तरमा परिवर्तन आउँदा डन्डिफोर देखिन सक्छ । विशेषगरी किशोरावस्था, महिनावारी, गर्भावस्था तथा रजोनिवृत्तिको समयमा यस्तो समस्या हुन सक्छ ।
More politics
- A journey home for Chhath turns deadlyKathmandu Post
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar