Skip to main content
स्वास्थ्यRatopati

‘अघोषित महामारी’ बन्दै सडक दुर्घटना, ट्रमा सेन्टर विस्तारको घोषणा ६ वर्षदेखि अलपत्र

Read the full story at Ratopati

‘अघोषित महामारी’ बन्दै सडक दुर्घटना, ट्रमा सेन्टर विस्तारको घोषणा ६ वर्षदेखि अलपत्र

काठमाडौँ । देशभरका मुख्य राजमार्ग तथा ग्रामीण सडकमा सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । तर, दुर्घटनामा परेका घाइतेको ‘गोल्डेन आवर’ (दुर्घटनापछिको अत्यन्त संवेदनशील समय) भित्रै जीवनरक्षा गर्न सरकारले प्रमुख राजमार्गमा ट्रमा सेवा विस्तार गर्ने घोषणा गरेको ६ वर्ष बितिसक्दा पनि कार्यान्वयनको अवस्था भने सुस्त छ । समयमै र नजिकै गुणस्तरीय ट्रमा उपचार नपाउँदा देशका विभिन्न भागमा भएका दुर्घटनाका घाइतेलाई अझै उपचारका लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यता छ ।

जसका कारण कतिपयले बाटोमै ज्यान गुमाउने गरेका छन् । बिहीबारमात्रै मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा १४ जनाले ज्यान गुमाए । यो त पछिलो ठुलो दुर्घटनामध्ये एकमात्र हो । नेपाल प्रहरीको तथ्याङ्कले देशभर सवारी दुर्घटनाको अवस्था भयावह रहेको देखाउँछ ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै देशभर २९ हजार १९८ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४४ हजार ४२९ वटा सवारीसाधन संलग्न थिए । ती दुर्घटनामा परी देशभर २१ हजार ७ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना मधेश र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा भएका छन् । तीव्र गति, सवारीसाधनको लापरबाही र ट्राफिक नियमको पालना नगर्नु नै दुर्घटनाका मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।