Skip to main content
वातावरणNagarik News2 outlets covering

मधेस प्रदेशसभाकी नवनियुक्त सदस्य नाजिमा खातुनले लिइन् शपथ

Read the full story at Nagarik News

मधेस प्रदेशसभाकी नवनियुक्त सदस्य नाजिमा खातुनले लिइन् शपथ

मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा नेकपा (एमाले)का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिव वासुप्रसाद कोइराला लगायतको उपस्थिति थियो।