प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, दबाबमा जनकपुर
Read the full story at Nagarik News

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली महत्वपूर्ण जितको खोजीमा मैदान उत्रनेछन्। सुदूरपश्चिमले यस सिजनमा अहिलेसम्म पाँच खेल खेल्दै तीनमा जित र दुईमा हार व्यहोरेको छ।
६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिमका लागि आजको जितले प्लेअफ यात्रा थप सहज बनाउनेछ। यता, जनकपुर बोल्ट्स भने दबाबका बीच मैदान उत्रँदैछ। पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको जनकपुर ४ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ।
त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ। सुदूरपश्चिम प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ भने जनकपुर प्रतियोगिताको दौडमा आफूलाई मजबुत बनाउने उद्देश्यका साथ मैदानमा उत्रनेछ।
More politics
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar