स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्यौँ : प्रशिक्षक चन्द्रपाल
Read the full story at Ratopati

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताएका छन् । खेलपछि प्रतिक्रिया दिँदै वेस्ट इन्डिजका पूर्वक्रिकेटरसमेत रहेका चन्द्रपालले कठिन पिचमा ब्याटिङ गर्न नसक्नु र महत्त्वपूर्ण समयमा क्याच छुटाउनु हारको कारण रहेको बताए । उनका अनुसार टोलीले सिंगल रन निकाल्दै स्ट्राइक परिवर्तन गर्न सकेको भए राम्रो स्कोर बनाउन सक्थ्यो । ‘आजको खेल निकै कठिन थियो ।
पिचमा ब्याटिङ गर्न सजिलो थिएन । तर हामीले सिंगल रन निकालेर खेल्न सक्थ्यौँ । अन्तिम ओभरमा पनि अझ राम्रो गर्न सकिन्थ्यो,’ उनले भने । फिल्डिङका क्रममा शीतका कारण बल समात्न कठिन भएको र स्पिनरहरूले पनि अपेक्षाअनुसार बलिङ गर्न नसकेको उनको भनाइ थियो । महत्त्वपूर्ण समयमा क्याच छुट्दा त्यसको असर नतिजामा परेको उनले बताए ।
‘क्याचले पनि खेल जिताउँछ । हामीले पोइन्टमा आएको क्याच समात्न सकेको भए नतिजा फरक हुन सक्थ्यो । तर क्रिकेटमा यस्तो भइरहन्छ,’ उनले भने । चन्द्रपालले जनकपुरको हारमा स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुनु पनि मुख्य कारण रहेको बताए । अन्य टोलीका नेपाली खेलाडीले विदेशी खेलाडीसँग राम्रो प्रदर्शन गरिरहेको भए पनि जनकपुरका स्थानीय खेलाडीबाट अपेक्षित सहयोग नपाएको उनको भनाइ थियो ।
More sports
- UK couple turn son's football lawn into wildlife sanctuary with ponds and frogsTimes of India
- विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागीOnlinekhabar (Nepali)
- राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिताRatopati
- कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउRatopati
- Portugal vs Denmark: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera
- Janakpur collapse against Chitwan in must-win matchKathmandu Post