नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव
Read the full story at Nagarik News

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्। नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताएका छन्।
साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ। “नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवतले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्।
उनले नेपालको यस मौलिक संवतले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गरेका छन्। “युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस्।
More environment
- Fresh landslide blocks Prithvi Highway again, disrupting traffic to and from KathmanduKathmandu Post
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्लेNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्दOnlinekhabar (Nepali)
- Climate Conference COP31 Kicks Off Amid Climate, Finance PressuresNDTV