चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा
Read the full story at Nepal Khabar

सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ। पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा कर्णालीलाई चार विकेटले हराएको काठमाडौंले तेस्रो खेलमा विराटनगर किंग्सलाई नौ विकेटले हराएको थियो। चौथो खेलमा लुम्बिनीलाई ३६ रनले पाखा लगाएको थियो। यता काठमाडौंसँग पराजित भएपछि चितवनले दोस्रो स्थानमा उक्लिने मौका गुमायो। समान दुई खेलमा जित र हारको नतिजा निकालेको चितवनले लुम्बिनी लायन्ससँग भने वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ रनले हराएको थियो। सुदूरपश्चिमसँग भने पाँच विकेटले पराजित हुँदा पोखरालाई ३० रनले हराएको थियो। सोमबार साँझ काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो।
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजितDC Nepal
- चितवनका रवि बोपाराको अर्धशतक खेर, काठमाडौं १० रनले विजयी हुँदै शीर्ष स्थानमाSetopati