Skip to main content
वातावरणNepal Khabar

घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालन

Read the full story at Nepal Khabar

घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालन

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसोबाट यातायात सुचारु गरिएको हो। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्र पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए।

मुग्लिन र धादिङ तर्फबाट ६ वटा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो पन्छाइएको हो। यस स्थानमा आइतबार पनि पहिरो खसेर केही बेर सडक अवरुद्ध भएको थियो।

गए राति १ बजे पुनः खसेको पहिरो आज गाडी चल्न सकेका थिएनन्। सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारी गन्तव्यतर्फ लागेका छन्।