आईजीपी हटाइएकामा सरकारसँग कांग्रेस रुष्ट, राज्य व्यवस्था समितिको बैठक बोलाउन माग
Read the full story at Bizmandu
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली प्रहरीका महानिरीक्षक हटाएको तथा पत्रकार पक्राउ गरिएको विषयमा छलफल गर्न माग गर्दै राज्य व्यवस्था समितिको बैठक बोलाउने निवेदन दिएको छ। कांग्रेस सांसद भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी, निश्कल राई र रेखा कुमारी यादवले बैठक बोलाउन माग गर्दै शुक्रबार निवेदन दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सरकारले गत बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर उनको स्थानमा डा.
मनोज केसीलाई बढुवा गरेको थियो। त्यसअघि प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा प्रहरीले समाचारको स्रोत खोज्दै पत्रकारलाई धरपकड गरेको थियो। कांग्रेसले सरकारका गतिविधि तानाशाही खालका भएकाले अब चुप लाग्न नहने भन्दै समितिको बैठक बोलाउन माग गरेको हो। प्रतिनिधि सभा नियमावलीमा समितिका एक चौथाइ सांसदले माग गरेको अवस्थामा सभापतिले पाँच दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ।
समितिको सभापति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल छन्। The post आईजीपी हटाइएकामा सरकारसँग कांग्रेस रुष्ट, राज्य व्यवस्था समितिको बैठक बोलाउन माग appeared first on BIZMANDU .
More politics
- बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डाSetopati
- ‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’Nagarik News
- Democratic Congress to guard US’ Taiwan policy and press Trump on arms salesSouth China Morning Post
- धनतेरसमा भाँडाकुँडा र गहना किन्नेको चहलपहलThaha Khabar
- प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्सालNagarik News
- परराष्ट्रमन्त्री खनाल कोप- ३१ मा सहभागी हुन भोलि टर्कीए जानेThaha Khabar